दफा १६
स्थानीय अधिकारीको आदेश

दफा १५ बमोजिम दिइएको पूर्जीलाई मान्यता नदिएमा खोपको सुपरिटेण्डेण्टले  स्थानीय अधिकारी वा निजले अधिकार सुम्पेको कुनै अधिकारीलाई प्रतिवेदन गर्नेछ र त्यस्तो प्रतिवेदन पाएपछि  स्थानीय अधिकारीले बालकको संरक्षकलाई बोलाई स्पष्टीकरण माग गर्नेछ र स्पष्टीकरण सन्तोषजनक नभएमा पूर्जी अनुसार निश्चित समयभित्र खोपको प्रमाणपत्र पेश गर्न लिखित आदेश दिनेछ ।